January 1st, 1970
Call 9847664698 9857630698 9847620299 9840102308

घरदैलो कार्यक्रम सम्पन्न



घरदैलो कार्यक्रम सम्पन्न 

   यहि २०८० साल बैशाख ९ गते शनिबारका दिन श्री सर्वोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयको शैक्षिक गतिविधिलाई सुधार ल्याउन घरदैलो कार्यक्रम अन्तरगत काली गण्डकी ७ हिलेमा वि.व्य.स.का सदस्य श्री माया पुन र पि.टि.एं सदस्य श्री सुशिला गिरीको नेतृत्वमा शिक्षकद्वय श्री ओम बहादुर पुन र श्री गम बहादुर थापा , बरेङ गाउँपालिक २ मैदानामा प्रधानाध्यापक श्री चित्र थापा र शिक्षक श्री पूर्णभद्र शर्मा , कालीगण्डकी ७ धुँवाखोला टोलमा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री धनमाया गुरुङ तथा पि.टि.ए.सदस्य श्री सुकमाया गुरुङको नेतृत्वमा शिक्षिकाहरु श्री दीपा राना र श्री पार्वता भूसाल, बरेङ गाउँपालिक २  सक्नेरी भइनडाँडा टोलमा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री गिता पुनको नेतृत्वमा शिक्षिका श्री हिमा थापा पुन ले प्रत्येक घरदैलोमा गई विधार्थी तथा अभिभावकहरुसंग भेटी उहाँहरुको गुनासो प्रतिक्रिया र अध्ययन अध्यापनको समयको बारेमा कुराकानी गरी सुधारका लागि सुझाव तथा सल्लाह लिने दिने कार्य सम्पन्न गरियो । कार्यक्रमको दौरानमा आएका सुझाब तथा सल्लाहहरुलाई शैक्षिक सुधारका लागि प्रयोग गर्दै  बाँकी रहेका टोला तथा क्षेत्रहरुमा पनि समय मिलाएर घरदैलो तथा अभिभावक भेटाघाट कार्यक्रम गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।


Newsletter

Features, releases, showcase… stay in the loop!